Incident Reports

बुद्धनगर बलात्कार प्रकरणका मतियार पक्राउ, युवती धरौटीमा रिहा

2018-02-03

Bagmati, Kathmandu, Kathmandu

माघ २० गते काठमाडौंको बुद्धनगरमा भएको बलात्कार प्रकरणका मतियार कमल बहादुर शाहीलाई महानगरीय प्रहरी वृत बानेश्वरले पक्राउ गरेको छ । आईतबार पक्राउ परेका शाहीले माघ २० गते राती बुद्धानगरेको एक घरमा २२ बर्षिय युवतीमाथी भएको बलात्कारको घटनामा सहयोगीको भुमिका निर्वाह गरेका थिए । बलात्कारमा संलग्न मुख्य अभियुक्त जुम्ला स्थायी घर भएका मनोज खत्री फरार रहेको र उनको खाजी कार्य भईरहेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए । बुद्धनगर स्थित एक घरको दुईओटा कोठामा चार युवतीहरु (नर्सिङ कक्षाको ओजीटी गर्न आएका) बसेका थिए । अम्बिका चापागाई समेत बस्ने कोठामा मध्यराती कमल बहादुर शाहि सँगै पुगेका मनोज खत्रिले तीमध्ये एक युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अम्बिका चापागाईको सम्पर्कबाट सुजन र कमल त्यहाँ पुगेको भन्दै प्रहरीले यसअघी नै अम्बिकालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । बलात्कारीको मतियार रहेकी अम्बिका ३० हजार धरौटीमा जिल्ला अदालत काठमाडौंबाट रिहा भैसकेकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments