Incident Reports

​बाटो छेकेर वडाध्यक्षमाथि आक्रमण

2018-03-15

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 8

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानमाथि आक्रमण भएको छ । बिहीबार वडा कार्यालय जाने सडक मर्मत गरेर घर फर्कने क्रममा बानाचुङ बजारमा वडाध्यक्षमाथि बाटो छेकेर आक्रमण भएको प्रहरीले जनाएको छ । वडाध्यक्षमाथि जोशीचन्द्र राई, विसम राई, बद्री खड्का लगायतको समुहले बाटो छेकेर वडाध्यक्ष चौहानमाथि आक्रमण गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । घटनाको जानकारी आए लगत्तै चौहानमाथि आक्रमण गर्ने समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा वडाध्यक्ष चौहानको मोटरसाइकल र हेल्मेट क्षतिग्रस्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total damaged Buildings 00
National/Online Media

0 Comments

Related Reports