Incident Reports

अतिक्रमण रोक्दा कुटपिट

2018-03-15

Province 1, Udayapur, Triyuga

सार्वजनिक जग्गा अतिक्रमण रोक्न खोज्दा बिहीबार ७० वर्षीय वृद्धासहित एकै परिवारका तीन जनामाथि कुटपिट भएको छ । त्रियुगा नगरपालिकाको पोर्ताहा झोरा टोल चोकमा रहेको जग्गामा स्थानीय पुल्कित चौधरीले अतिक्रमण गरी घर बनाउन खोज्दा स्थानीयले रोकेका थिए । स्थानीयको अगुवाइ गर्दै घर निर्माण गर्न नदिएको भन्दै पुल्कितका भाइ शिवनारायण र बहिनी मौसम चौधरीले ७० वर्षीय सुखरी चौधरी, उनका छोरीहरू सन्सारी र सरस्वती चौधरीलाई कुटपिट गरेका हुन् । घरमा बसिरहेका उनीहरूलाई शिवनारायणले दिउँसो ४ बजे मरणासन्न हुने गरी कुटपिट गरेको उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए । वृद्ध सुखरीको टाउको र उनका छोरीहरूको शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा पटक–पटक छलफल भई सार्वजनिक जग्गा अतिक्रमण गरी घर नबनाउने सहमति भएको स्थानीय दुर्गानन्द चौधरीले बताए । प्रहरीले पनि अतिक्रमित जग्गा सार्वजनिक भएको भन्दै घर नबनाउन निर्देशन दिएको उनको भनाइ छ । जग्गा संरक्षणका लागि वकालत गर्दा शिवनारायण समूहले आफूलाई मार्ने धम्की दिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of public land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
Female Injured 2
National/Online Media

0 Comments