Incident Reports

जनप्रतिनिधिको राजीनामा माग्दै नेकपाको धम्की

2018-03-19

Madhes, Parsa, Birgunj

कृष्णा पौडेल, उपमेयर सरस्वती चौधरीलाई राजीनामा दिन चेतावनी सहित नेकपाले पत्र पठाएको हो । जिल्ला जनपरिषद (जनसत्ता)का संयोजकले राजीनामा पत्र काटेर उनीहरुको राजीनामा माग गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले देशभर जनपरिषद् निर्माण गरेर अघि बढिरहेको बताउँदै राजीनामा पत्रमा दलाल संसदीय सत्ताको कथित जनप्रतिनिधि बनेर नबस्न भनिएको छ । ‘तपार्इं दलाल संसदीय सत्ताको कथित जनप्रपतिनिधि बनेर बस्नु जनघात र राष्ट्रघातमा सहीछाप लगाउनु सरह हो । नेपाली जनताप्रति विश्वासघात गर्नु हो । मुलुक र जनतालाई फेरि युद्धतर्फ धकेल्ने कुरामा सहमति जनाउनु हो ।’ पत्रमा थप लेखिएको छ , ‘अतः हाम्रो जनसत्ताले दलाल संसदीय सत्ताको सम्पूर्ण पक्रिया र गतिविधिलाई खारेज गरेर अघि बढी रहेको सन्दर्भमा तपाईले यो पुरानो कथित प्रतिनिधिबाट तत्काल राजीनामा दिइ वैज्ञानिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकीकृत जनक्रान्तिमा साथ, सहयोग, सामेल र समर्थनका लागि हार्दिक अपील गर्न चाहन्छु ।’ पर्सा जिल्ला संयोजक बुच्ची यादवले हस्ताक्षर गरेको राजीनामा पत्रमा राजीनामा जनताको तर्फबाट गरिने प्रतिवादको सामना र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफैं बन्न चेतावनी दिएको छ । यता वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले भने जनमतले जितेर आएका मानिसहरु जुनसुकै परिस्थितिसँग लड्न तयार रहेको बताए । ‘हामीले जनमतको सम्मान गर्नुपर्छ । अरु कसैले चुनेको हैन । जस्तोसुकै परिस्थितिको सामना गर्न पनि पछि हटिन्न ।’ उनले भने । जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर पौडेलले आफूले पनि पत्र आएको हल्ला सुनेको बताए । ‘म कामका सिलसिलामा काठमाडौंमा छु । मैले पत्र पाएको छैन,’ उनले भने, ‘तर पत्र आएको भन्ने हल्ला सुनेको छु ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments