Incident Reports

डिएसपी र इन्सपेक्टरको विरुद्ध उजुरी l

2013-08-18

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai प्रहरीको यातनाबाट आफ्नो छोरा किरण भनिने १८ वर्षीय भुदेउ राईको मृत्यु भएको भन्दै पाथेका गाविस-२ का बुबा ३६ वर्षीय वुद्धिबहादुर राई र आमा ३४ वर्षीया रामलक्ष्मी राईले जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालीन डिएसपी राजिव बस्नेत र हालका इन्सपेक्टर रमेशकुमार देवको विरुद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दरखास्त दिएका छन् । कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि प्रहरीको हिरासतमा रहेका किरणलाई डिएसपी र इन्सपेक्टरको आदेशमा यातना दिएर हत्या गरिएको आरोप लगाउँदै पीडित परिवारले संलग्न आरोपितहरूलाई आवश्यक छानविन, अनुसन्धान र कारबाहीको माग गरेका हुन् । कर्तव्य ज्यान मुद्दामा जेठ २८ गते गिरफ्तारमा परेका थुनुवा किरण असार २१ गते प्रहरी हिरासतबाट भागेकोमा उनलाई सोही दिन बुइपा गाविसको जङगलबाट पुनः गिरफ्तार गरिएको थियो । गिरफ्तारपछि असार २३ गते पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएकोमा असार २६ गते उनको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको थियो । उनको मृत्यु हुनुको कारण प्रहरीको यातनाबाट भएको पीडित परिवारहरूको आरोप छ । गिरफ्तार गरी ल्याउने क्रममा प्रहरीले शरीरिक र मानसिक यातना दिएको भन्दै पीडित परिवारले कारवाहीको माग गरेको हो । जाहेरी बुझ्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दकुमार शाहले यस्तो घटना पहिलो पल्ट भएकाले माथिल्लो निकायमा बुझेर प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis