Incident Reports

तोडफोड गर्नेलाई सार्वजनिक मुद्दा

2018-03-01

Bagmati, Makawanpur, Hetauda

होलीका दिन बिहिबार हेटौडा-१३, बनस्पति चोकमा सामुदायिक प्रहरी सेवा उपकेन्द्र तोडफोड गरी प्रहरीसंग झडप गरेको ११ जनालाई सार्वजनिक मुद्दा चलाइएको छ। उनीहरुलाई ६ दिन म्याद थप गरी अनुसन्धान चलाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर का अनुसार पक्राउ परेका हेटौडा-१३ मा बस्ने ३० बर्षका निरबहादुर मोक्तान, बर्ष ३० का जंगे लोप्चन, बर्ष २४ का गजेन्द्र पाख्रिन, बर्ष २५ की अन्जिता तितुंग, बर्ष २४ का राजन परियार, बर्ष १७ का राजकुमार संतान, बर्ष १६ का अर्जुन मोक्तान, युवराज घलाल, अनिश श्रेष्ठ र बर्ष १६ क राजु पाख्रिनलाई सार्वजनिक मुद्दा चलाएर अनुसन्धान थालिएको हो। घटनामा संलग्न केहि व्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ। उनीहरुले मादक पदार्थ सेवन गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अनोजजंग रायमाझी सहित प्रहरी नायब निरीक्षक पदमबहादुर श्रेष्ठ, प्रहरी जवान प्रमोद कार्की र प्रहरी जवान जीवन क्षेत्रीलाई ढुंगा र रड प्रहार गरी घाइते बनाएको आरोप छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 4
Local Newspaper - Makwanpur

0 Comments

Related Reports