Incident Reports

बलात्कार तथा मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2018-03-23

Lumbini, Rupandehi, Siddharthanagar

Reema BC १६ वर्षीया बालिकालाई विवाह गर्ने भनी पोखरा र भैरहवाका होटलमा राखी बलात्कार गरेर अलपत्र पारी भाग्न खोज्दै गर्दा प्रहरीले चैत ९ गते बेलहिया नाकाबाट जिल्ला महाराजगञ्ज थाना कप्तानगंज ग्राम हसुर चौराहा भारतका २६ वर्षीय इमरान खानलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पोखरामा दुई दिन राखी बलात्कार गरेको र चैत ६ गते पोखराबाट घरमा लैजान्छु भनी लिएर भैरहवाको एक होटलमा राखी बलात्कार गरी चैत ९ गते बालिकालाई अलपत्र छोडी भाग्दै गर्दा माईती नेपालको सहयोगमा प्रहरीले बालिकाको उद्धार गरी आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । आरोपितविरूद्ध चैत ९ गते नै बलात्कार तथा मानव बेचविखन तथा ओसार पसारसम्बन्धी उजुरी दर्ता गरी कारवाही अगाडी बढाइएको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments