Incident Reports

विप्लबको नाममा मार्ने धम्की

2018-03-20

मनहरी गाउँपालिका-९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह र ज्यामिरे कालिका सामुदायिक बनका अध्यक्षलाई मार्ने धम्की दिएको छ। दुवै समूहको कार्यालय परिसरमा छुट्टाछुट्टै हस्तलिखित पर्चा फालेर मार्ने धम्की दिइएको हो। ज्यामिरे मध्यवर्ती सामुदायिक बन, उपभोक्ता समूह अध्यक्ष सीताराम अर्याल र ज्यामिरे कालिका समूह अध्यक्ष हेमलाल उप्रेतीविरुद्द पर्चाबाजी गरिएको हो। पर्चामा विप्लब माओवादी उल्लेख गर्दै बाँच्ने दिन धेरै नभएको उल्लेख छ। उप्रेतीका लागि भने बन समूह खारेज गर, नयाँ चुनाव गर, नयाँ चुनाव गर, हरेक भूगोल समेटेर सदस्य राख्ने कुरा नभुल, पैसा बाडेर काचो रूख घरमा ल्याउने काम नगर जस्ता शब्दावली उल्लेख छ। दुवै अध्यक्षलाई एकै ह्याण्डराइटिंगको पर्चा कार्यालयको ढोकामा राखिएको भेटिएको उनीहरुले बताए। उनीहरुले यसबारे प्रहरी तथा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Makwanpur

0 Comments