Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2013-08-17

एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कमलामाई नपा-४ सिलामेका कृष्ण भनिने २५ वर्षीय आलोककुमार श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरी भदौ २ गते सार्वजनिक गरेको छ । एसएलसीको पुरक परीक्षा दिन आफन्तको घरमा आएको बेला बलात्कार गरेको भनि पीडितले साउन ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि श्रेष्ठलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिको स्वास्थ्य परीक्षण साउन ३२ गते जिल्ला अस्पतालमा भयो । बालिकालाई साउन २८ गते राती टेलिभिजन हेरेर सुत्न लागेको बेला करकापमा पारि आरोपित श्रेष्ठले बलात्कार गरेको प्रहरीले जनायो । श्रेष्ठलाई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis