Incident Reports

नक्कली डाक्टर बनेर बलात्कार

2018-03-20

Bagmati, Kathmandu, Kathmandu

महानगरीय प्रहरी वृत्त महाराजगन्जमा ६ चैतमा आइपुगेकी एक युवतीको बयान सुनेर प्रहरी चकित पर्‍यो । ती युवतीले आफूलाई एक जना डाक्टरले झुक्याएर मित्रनगरको एक गेस्टहाउस पुर्‍याई बलात्कार गरेको जाहेरी दिइन् । जाहेरीपछि प्रहरीले घटनाको दिनको सीसीटीभी फुटेजका आधारमा बलात्कारमा संलग्न युवकको खोजी सुरु गर्‍यो । पक्राउ परेका युवक डाक्टर नरहेको, परिचय बदलेर घिनलाग्दो कर्तुत गरेको खुल्दा अनुसन्धानमा संलग्न प्रहरी नै जिल्ल परे । बाँसबारीमा रहेको गंगालाल अस्पतालमा आमाको उपचार गराउने क्रममा भेट भएका एक युवकले आफूलाई डाक्टर सन्तोष घलेको नामले चिनाएका थिए । ती युवकले सामान्य चिनाजानीकै आधारमा आफ्नो अस्पतालका डाक्टरसँग राम्रो चिनजान रहेको र उपचारमा सहयोग गर्ने भन्दै युवतीसँग निकटता बढाए । पीडित युवतीका अनुसार युवकले सामाखुसीमा आफ्नो सानीआमासँग भेट गर्न जाने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर मित्रनगरको गोरखा फूलबारी गेस्टहाउस पुर्‍याए । युवतीले आफूलाई कोठाभित्र थुनेर चुकुल लगाई डरत्रास देखाएर पटकपटक जबरजस्ती करणी गरेको बयान दिएकी छन् । प्रहरीले सीसीटीभी फुटेजका आधारमा गाेंगबुबाट गत सोमबार सन्तोष भन्ने युवकलाई पक्राउ गरेपछि पो प्रहरीले थाहा पायो, उनी न डाक्टर रहेछन्, न उनको नाम नै सन्तोष रहेछ । महाराजगन्ज वृत्तका डीएसपी योगेन्द्र थापाका अनुसार उनी पाल्पा, तानसेन ११ स्थायी घर भई काठमाडौं महानगरपालिका २६ बस्ने अर्जुन कोइराला रहेछन् । डीएसपी थापाले बलात्कारकै उद्देश्यले प्रेरित भएर ती युवक आफ्नो परिचय ढाँटेर युवतीसँग नजिकिएको बताए । प्रहरीका अनुसार कुनै समय नेपाली सेनाको जवान रहेका कोइराला बलात्कारमा संलग्न भएकै कारण बर्खास्तगीमा परेका थिए । महाराजगन्ज वृत्तले थप अनुसन्धान गर्न उनलाई काठमाडांैं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments