Incident Reports

कम भाडादर तोकेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु आन्दोलित, प्रहरीले गर्‍याे लाठीचार्ज

2018-03-29

Madhes, Dhanusha, Janakpur

भाडादर कम निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु आन्दोलित भएका छन् । भाडादरको बिरोधमा ई–रिक्सा जुलुस निकाल्न खोजेपछि बिहीबार पटक–पटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको छ । अप्रिय घटना हुन नदिन प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि समान्य लाठी चार्ज समेत गरेको छ । बिरोधमा नगर भित्र जुलुस निकाल्न अहिले जनकपुरको बाह्रविघा मैदानमा सयौंको संख्यामा अटो इर्–रिक्सा सञ्चालकहरु रिक्ससहित भेला भएका छन् । उनीहरुलाई जुलुस गर्न नदिन दर्जनौंको संख्यामा प्रहरी परिचान भएका छन् । महगाईको समयमा याताायत व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफूहरुको घरपरिवार खर्च धान्न समेत मुस्किल हुने ई–रिक्सा सञ्चालकहरुको गुनासो छ । उनीहरुले भाडादर परिमार्जनको माग गरेका छन् । गएको एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई–रिक्साहरुको भाडादर निर्धारण गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई–रिक्साहरुमा भाडादर स्टिकर टाँसेको थियो । जनकपुरमा झण्डै ३ हजार ई–रिक्सहरु सञ्चालनमा छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis