Incident Reports

बलात्कार गरेको आरोपमा एक जना गिरफ्तार l

2013-08-19

एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थापापुर गाविस ४ का २४ वर्षीय राजकपुर चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले भदौ ३ गते घरबाट गिरफ्तार गरेको छ । आरोपित चौधरीले आफ्नै घरमा बास बस्न आएकी आफन्त नाता पर्ने पीडित बालिकालाई साउन ३२ गते राती बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय भजनी इन्स्पेक्टर लालबहादुर साउदले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भईरहेको छ भने पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको इन्स्पेक्टर साउदले जानकारी दिए । चौधरीकी पत्नी जुनी चौधरीले भदौ १ गते घर नजिकै रहेको जमुनाको रुखमा झुन्डिएर आत्म गरेकी थिइन् । घरमा पाहुना आएकी बहिनीलाई साउन ३२ गते राती बलात्कार गरेपछि सो पीडा सहन नसकेकर जुनीले आत्महत्या गरेको माईती पक्षले बताएपछि घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनायो । जुनीले विहान पति राजकपुरसँग झगडा गरेको केही समय पछि दिउँसो आत्महत्या गरेको प्रहरीले बताएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis