Incident Reports

गोली लागेको घटनालार्इ चट्याङ लागेर निधन भएकाे भनेपछि

2018-03-30

Bagmati, Lalitpur, Bagmati, Ward 5

गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा थप बुझ्नका लागि थप प्रहरी घटनास्थलतर्फ खटाइएको छ। परिवारले भने चट्याङ लागेर उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दावी गर्दै आएको छ । घटनालाई थामथुम पारेर मिलाउन चट्यागं लागेको भनिएको स्थानीयहरुले आरोप लगाएका छन् । आफन्तले दोषीलाई कारवाही नगरेसम्म शव नबुझने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments