Incident Reports

बालिका बलात्कारका आरोपित विरुद्ध उजुरी l

2013-08-21

Province 1, Khotang, Kepilasagadhi

DM Chamling Rai एक चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा खार्तम्छा गाविस-७, का १९ वर्षीय आशधन विश्वकर्मा विरुद्ध पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कानुनी कारवाहीको माग गर्दै उजुरी दिएका छन् । आफन्तकोमा आएका आरोपितले बालिकालाई भदौ १ गते दिउँसो चाउचाउ दिने भन्दै घर नजिकै मकैबारीमा लगेर बलात्कार गरेको पीडित बालिकाको बावुले दिएको उजुरीमा उल्लेख छ । उजुरी पश्चात बालिकाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा स्वास्थ्य परीक्षण भएको छ । घटनापछि फरार रहेको आरोपितको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका सही यादव गौतमले बताए । बलात्कारमा परेकी बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार भईरहेको उनले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis