Incident Reports

बलिकासंग बिवाह गरेको आरोपमा एक महिना कैद फैसला

2018-03-08

Karnali, Dailekh, Narayan, Ward 11

दैलेख जिल्ला अदालतले उमेर नपुगेकी बालिकासंग बिवाह गरेको आरोपमा एक जनालाई एक महिना कैद र दस हजार रुपैयाँ जरिवाना गरेको छ । नारायण नगरपालिका-११ बिन्ध्यबासिनीका २६ बर्षिय हेमन्त थापालाई मंगलबार सजाय सुनाइएको हो । हेमन्तले नौमुले गाउँपालिका-८, चौराठाकी १५ बर्षिया बालिकालाई बिवाह गरेको पुष्टी भएकाले सजाए सुनाएको अदालतले जनाएको छ । बालिकालाई बिवाह गर्न फकाएको आरोपमा अदालतले नारायण नगरपालिका-११ बिन्ध्यबासिनीकै गंगा बहादुर थापा र शेरबहादुर थापालाई जनही एक एक हजार रुपैयाँ जरिवाना गरेको छ ।

0 Comments