Incident Reports

पाँचथरमा विप्लव समूहका ५ कार्यकर्ता पक्राउ

2018-04-01

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ कार्यकर्तालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। नेकपाका कार्यवाहक जिल्ला सचिव पेम्बा शेर्पा, सचिवालय सदस्य विजय नेम्वाङ तथा जिल्ला सदस्यहरू एलिया नेम्वाङ, कविराज चेम्जोङ र भुपेन चेम्जोङ पक्राउ परेका हुन्। प्रहरीले सञ्चालन गरेको सर्च एण्ड कर्डन अभियानमा गस्तीमा रहेको टोलीसँग अभद्र व्यवहार गरेको भन्दै उनीहरू पक्राउ परेको बताएको छ। तर, प्रहरीले देशैभरी उक्त पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ। यही क्रममा उक्त पार्टीका ५ नेता कार्यकर्ता पक्राउ परेको बुझिएको छ। उनीहरूलाई केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। प्रहरीले देशैभरबाट विप्लव समूहका कार्यकर्ताहरू पक्राउ गरेको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Panchthar , Local Newspaper - Morang

0 Comments