Incident Reports

जनप्रतिनिधीलाइ कारवाही गर्ने चेतावनी

2018-02-25

Karnali, Surkhet, Birendranagar

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सुर्खेतका स्थानीय तहका जनप्रतिनिधिको राजिनामा माग गरेका छन्। सुर्खेतको गाउँ तथा नगर प्रमुख उपप्रमुख लगायत वडा कार्यालयमा पत्र पठाएर राजीनामा माग गरेका हुन्। उनीहरुले पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाही गर्ने समेत चेतावनी दिएका छन्। पत्रमार्फत जनप्रतिनिधिको कार्यशैली सुधार गर्नुपर्ने समेत उल्लेख गरेका छन्। यसरि पत्र आउँदा स्थानीय जनप्रतिनिधि त्रसित बनेका छन्। जनाप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागी नहुन, खारेज अभियानमा साथ् दिन अनुरोध गरेपनि अपिललाई उल्लङ्घन गरेकोमा आपत्ति जनाउँदै अबका दिनमा राजिनामा नदिए कारवाही गर्ने चेतावनी पत्रमा छ। बिरेंद्रनगर वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कंडेलले विप्लब माओवादीबाट राजिनामा को चिठ्ठी आएपछि तनावमा परेको बताए। उनले भने 'बिहानै घरमा दुई जना माक्स लगाएर आएका व्यक्तिले चिट्ठी छाडेर गएका रहेछन। यता वीरेन्द्रनगर नगरपालिकाका मेयर र उपमेयरले भने वडा अध्यक्षहरुसंगको छलफल पछिमात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Surkhet

0 Comments