Incident Reports

बञ्चरो प्रहार गरी दाइका दुई छोराछोरीको हत्या

2018-04-02

Lumbini, Rolpa, Tribeni, Ward 2

बञ्चरो प्रहार गरी भाइले दाइका दुई छोराछोरीको हत्या गरेका छन् । त्रीबेणी गाउँपालिका-२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर बिकले दाइका सन्तानको हत्या गरेका हुन्। गणेश बिकका ५ वर्षीय छोरा प्रेम र ३ वर्षीया छोरी वसन्तीको सोमबार दिउँसो ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ । बच्चाहरू घर नजिकैको बरीमा खेलिरहेका बेला काकाले टाउकामा बञ्चरो प्रहार गरी हत्या गरेको बताइएको छ । उनीहरुको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज इन्द्रकुमार बस्नेले जानकारी दिएका छन्। प्रहरीलाई स्थानीयले घटना बारे जानकारी गराएका थिए । खर्कबहादुर हत्या गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार अभियुक्त खर्कलाई नुवागाउँको भांगोबारीबाट साँझ साढे सात बजे पक्राउ गरिएको छ । दाजुभाइको सामान्य रिसइबी दाइका छोराछोरीको हत्या गरेको उनले प्रतिक्रिया दिएको प्रहरीले जनाएको छ । खर्क र गणेश सहोदर दाजु भाइका छोरा हुन् । केही हप्ताअघि दुइ भाइमा विवाद भएको स्थानीय बताउछन् । दुइ सन्तान मात्र रहेका गणेश दम्पतीसहित गाउँले शोकमा डुबेका छन् ।घटनास्थल पुगेका गाउँलेले आँसु थाम्न सकेनन् । प्रहरीले स्थानीयको सहयोगमा हत्या गरिएका बालबालिकाको शव होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको छ । स्वास्थ्य केन्द्रमा डाक्टर नभएकाले पोष्टमार्टमका लागि दाङको घोराही अस्पतालमा लैजाने तयारी गरिएको छ । घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता पन्थी सहितको टोली, इप्रका होलेरीबाट प्रनानि बस्नेतसहित ७ प्रहरी र नुवागाउँ प्रहरी चौकीबाट प्रनानि आनसिंह महरासहित ६ प्रहरी परिचालन गरिएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
National/Online Media , INSEC , Police website , Local Newspaper - Banke

0 Comments

Related Reports