Incident Reports

भारतीय एसटिएफद्वारा अपहरित नेपाली अपहरणमुक्त

2018-03-20

Sudurpashchim, Kailali, Tikapur, Ward 5

भारतको तिकुनियाबाट भारतीय अर्धसैनिक बल स्पेशल टास्क फोर्स (एसटीएफ) बाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् । नियन्त्रणमा लिएपछि उनीसँग १२ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो । बन्धक बनाई रकम असुलिरहेको कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा गौरीफन्टाबाट ती नेपाली नागरिकलाई मुक्त गरेको हो । पोखराबाट कामको सिलसिलामा चैत ६ गते कैलालीको टीकापुर पुगेका लेखनाथ महानगरपालिका-४ चिप्लेढुंगाका ६३ वर्षीय कुतवद्धिन मियालाई टीकापुर आएकै दिन तिकुनियाबाट एसटीएफको टोलीले नियन्त्रणमा लिई परिवारजनसँग फिरौती माग गरेको थियो । उनलाई भारतीय मुलका दुईजनाले तिकुनिया घुमाउन भनेर लगेको र सोही दिन तिकुनियास्थित भारतीय प्रहरी चौकीबाट गएको एसटिएफको टोलीले गाडीमा राखेर लगेको बताइएको छ । स्रोतका अनुसार उनलाई घुम्नका लागि टीकापुरबाट लैजाने भारतीय मुलका व्यक्तिहरुकै मिलेमतोमा एसटिएफले अहपरण गरेको थियो । नाटकीय अपहरण र मुक्ति नाटकीय ढंगले अपहरणमा परेका उनी नाटकीय ढंगले मुक्त भएका छन् । उनको अपहरण र मुक्ति पनि रहस्यमय छ । उनलाई शनिबार साँझ भारतीय प्रहरीले गौरीफन्टा नाकाको कोतवालीबाट मुक्त गरेको हो । उनका ज्वाइ भारतीय रुपैया सहित पक्राउ परेपछिमात्र अपहरणको पाटो बाहिर आएको हो । उनको रिहाइका लागि पोखराबाट आएका छोरीहरु र ज्वाइँले फिरौती वापतको रकम समेत बोकेर आएका बताएका छन् । त्यही फिरौतीको रकम बुझाउन गौरीफन्टा जान खोज्ने क्रममा ज्वाइँ रिजुद डे चैत ९ गते ८ लाख भारतीय रुपैयाँसहित एसएसवीद्वारा नाकामा पक्राउ परे । त्यसपछि मात्र मिया अपहरणको घटना बाहिर आएको थियो । तिकुनियाबाट अपहरण गर्ने एसटिएफएको टीमले उनलाई फिरौती वापतको रकम लिएर गौरीफन्टामा आउन भनेका थिए । एसटिएफएमको त्यही चेतावनीपछि मियाका परिवारका सदस्यले फिरौती वापत माग गरिएको रकमको जोहो गरेर पोखराबाट धनगढी आएको बताए । अपहरण मुक्त भएपछि मिया सपरिवार आइतबार बिहान गृहनगर पोखरा फर्किएका छन् । बुवा अपहरण मुक्त भएपछि छोरा, छोरी र ज्वाइँ अत्यन्त खुशी भएपनि फेरि के हुने हो भन्ने डरले चुपचाप घर फर्केका छन् । उनीहरुले अपहरण गर्ने कसैका बिरुद्ध उजुरी दिएका छैनन् । कसरी अपहरणमा परे मिया ? पोखरा घर भएका मिया ४ गते नारायणगढका लागि घरबाट हिँडे । नारायणगढमा उनी छोरीको घरमा बसे । ५ गते त्यहाँबाट भाञ्जाको बिहेका लागि भैरहवा हिँडे । बुटवलबाट कैलालीको लम्कीको रात्री बसमा चढे । ६ गते बिहान उनी लम्की पुगे र त्यहाँबाट अर्को बस चढेर बिहान ९ बजे टीकापुर । टीकापुरमा उनी ऐन बहादुर मल्ललाई भेट्न आएका थिए जोसँग उनले जग्गाको पैसा लिन बाँकी थियो । त्यो पनि निकै पुरानो । उनी मल्लको सम्पर्कमा नआउँदै दुई जना भारतीय मुलका व्यक्तिको सम्पर्कमा आए । उनीहरुकै सल्लाहमा मिया घुम्नका लागि तिकुनिया पुगे । त्यहाँ चिया पिउँदै गर्दा भारतीय प्रहरी आए । उनलाई चिया पसलबाट तिकुनियाको प्रहरी चौकीमा लगियो । हातमा कालो ब्याग थमाइयो उनको हातमा कालो व्याग थमाइयो । र त्यो व्यागमा भएको सामान किनिरहेको बहानामा उनलाई नियन्त्रणमा लिइयो । तर त्यो व्यागमा के थियो ? मियालाई थाह थिएन । उनलाई त्यहाँबाट भारतीय प्रहरीले गाडीमा राखेर लखिमपुर लगे र १२ लाख रुपैयाँ फिरौती वाफत माग गरे । फिरौती नदिए ८ वर्ष जेलमा राख्ने भन्दै धम्क्याए । उनलाई लखिमपुर प्रहरीकै गाडीमा लगिएको थियो । तर राति कुनै व्यक्तिको घरमा राखियो । उनलाई खानलाई रोटी दिए । र त्यो राति त्यहीँ सुताए । दोस्रो दिन उनलाई आफूलाई भारतीय एसटिएफ बताउने व्यक्तिहरुले गाडीमा राखेर भीराको जंगलमा पुर्‍याए । त्यहाँ उनलाई भारतीय प्रहरीकै कार्यालयमा राखिएको थियो । उनलाई शुरुमा फिरौती वापत १२ लाख रुपैयाँ माग गरिएपनि पछि ८ लाखमा कुरा मिल्यो । एसटिएफएको टोलीले मिया आफ्नो नियन्त्रणमा रहेको र उनको रिहाइका लागि ८ लाख भारतीय रुपैयाँ लिएर आउन मियाको घरमा फोन गरे । मियाकी दुई छोरी, ज्वाइँ र छोरा रकम लिएर ६ गते राति धनगढी आइपुगे । राति नयाँराम होटलमा बास बसे । एसटिएफको टोलीद्वारा उनका ज्वाइँलाई पैसा ल्याएर ८ गते गौरीफन्टा आउन भनिएको थियो । उनका ज्वाइँले ससुरा भएपछि मात्र पैसा ल्याउने बताए । र अपहरणकारीले मियालाई हेर्न बोलाए । अपहरण मुक्त गर्नअघि के भयो ? गौरीफन्टामा पेट्रोल ट्यांकर नजिकै गाडीभित्र राखिएका मियालाई उनका ज्वाइँले टाढाबाट हेर्न पाए । तर भेट्न पाएनन् । गाडीभित्र उनीसहित ६ जना थिए । त्यसपछि उनी पैसा लिएर गौरीफन्टा जाँदै गर्दा एसएसवीद्वारा समातिए । ८ लाख भारतीय रुपैयाँसहित समातिएपछि उनले सबै कुरा एसएसवीलाई बेलिबिस्तार लगाए । त्यसपछि एसएसवीले त्रिनगर प्रहरी चौकीमा खबर गरे । एसएसवीको त्यही जानकारीका आधारमा नेपाल प्रहरीले खोजी शुरु गर्‍यो । तर, उनलाई मुक्त गर्न सकेन । ९ गते अपहरणकारीहरुले उनकी छोरी हविना खातुनलाई पैसा ल्याएर आउन भने । पैसा गौरीफन्टाको जंगलमा छोड्न आदेश दिए । र, मियालाई पनि त्यही ठाउँमा छोड्ने बताए । तर त्यतिबेला उनी एसटीएफको नियन्त्रणमा रहेको हल्ला भइसकेको थियो । र अन्तिममा चार लाख रुपैयाँ माग गरेका एसटिएफएले त्यो रकम टीकापुरबाट उनलाई तिकुनिया ल्याउने व्यक्तिलाई रुपैयाँ दिन भनेका थिए । तर उनलाई धम्क्याएर गैरकानुनी रुपमा नियन्त्रणमा राखेको हल्ला चलेपछि एक जना भारतीय प्रहरी मार्फत एसटिएफएको टोलीले १० गते शनिवार साँझ गौरीफन्टामा ल्याएर छोडेको थियो । अपहरणमा संलग्न एसटिएफएको टोली गुपचुप भागेको छ । नियन्त्रणमा राखिएको बनगाउँस्थित भारतीय प्रहरीले पनि यस घटनामा मौनता साँधेको छ मिया आफ्नो नियन्त्रणमा रहेको र उनलाई मुक्त गर्न रकम ल्याएर आउन भनेर जुन मोबाइल एसटीएफले प्रयोग गरेको थियो, त्यो नम्बर बनगाउँमा रहेको बालाजी मेडिकलका सञ्चालक निरज गुप्ताको रहेको पाइएको छ । मियाको अपहरणमा संलग्न एसटिएफएको टोली गुपचुप भागेको छ । नियन्त्रणमा राखिएको बनगाउँस्थित भारतीय प्रहरीले पनि यस घटनामा मौनता साँधेको छ । मियालाई मुक्त गरेपनि उनको हातमा रहेको राडो कम्पनीको घडी, एक तोला सुनको औंठी र १२ हजार नेपाली रुपैयाँ अपरहणकारीहरुले लगेका छन् । के भन्छ नेपाल प्रहरी ? मिया अपहरणमा परेको अनौपचारिक जानकारी कैलालीको प्रहरीले पाइसकेको थियो । संयोगवश चैत १० गते धनगढीमा नेपाल भारत उच्च अधिकारीको नियमति बैठक थियो । भारतको लख्खिनपुर जिल्लाका सुरक्षा अधिकारी पनि आएका बेला कैलालीका सिडिओ र एसपीले यो प्रकरणको कुरा उठाए । तत्कालै यसबारेमा सोधपुछ हुन थालेपछि भारतीय पक्षले अनुसन्धानका क्रममा मियालाई नियन्त्रणमा लिएको र कागज गरेर छाड्ने तयारी भइरहेको नाटकीय जवाफ दियो । त्यसको लगत्तै २० मिनेटमै मिया छुटे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वीरबहादुर बुढामगरका अनुसार मियालाई टिकुलिया बोर्डरबाट सादा पोशाकका भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाए लगत्तै उनको बारेमा भारतीय पक्षसँग सोधखोज गरिएको थियो । मियालाई किन पक्राउ गरियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट नभए पनि उनीमाथि गलत व्यवहार भएको बुझिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Security forces (unspecified)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Local Newspaper - Kailali

0 Comments

Related Reports