Incident Reports

महोत्तरीमा महिलाको हत्या, तीन जना पक्राउ

2018-04-03

Madhes, Mahottari, Matihani, Ward 2

(PR) जिल्ला प्रहरी कार्यालय महोत्तरीले महिलामाथि हुने हिंसाको घटना न्युनिकरण गर्न ३ महिने कार्ययोजना बनाएको १२ घण्टा नपुग्दै महोत्तरीको मटिहानी नगरपालिका ४ मा एक महिलाको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका २ बस्ने ३० वर्षीया पुनमदेवी दासको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जनकपुर-मटिहानी सडकखण्डमा गएराति १ बजेतिर सडक किनारमा जुटको बोराभित्र राखेर फालिएको अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख कुबेर कडायतका अनुसार मंगलबार अपरान्ह ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा आफन्तले जानकारी गराएका थिए । प्रहरीको विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments