Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2018-04-04

Bagmati, Kabhrepalanchok, Banepa, Ward 3

बनेपा नगरपालिका–३ काफलबोट बस्ने २२ बर्षीय प्रकाश दाहाल सहित ५ जनालाई प्रहरीले भरुवा बन्दुक १ थान, सोको गोली ३३ राउण्ड र १ वटा मृत बदेल सहित पक्राउ गरेको छ । सोही ठाउँको जंगलमा उनीहरुले जंगली बदेल सिकार गरी खाँदैछन भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उक्त भरुवा बन्दुक , गोली र मृत बेदल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis