Incident Reports

बालिका बलात्कार आरोपित गिरफ्तार l

2013-08-22

Ishwari Kafle एक ७ वर्षीया बालिकालाई एकै गाविसका १७ वर्षीय किशोरले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा जवर्जस्ती करणीको उजुरी दिएका छन् । आफ्नै बारीमा ०७० भदौ ४ गते करेला टिपिरहेका बेला अचानक पछाडिबाट लुकेर आई लडाएर बलात्कार गरेको पीडित बालिकाले बताइन् ।' बेहोस भएर बारीमै लडेकी बालिकालाई आमाले बोकेर घर ल्याई नजिकको प्रहरी कार्यालयमा लगेको पीडितकी आमा बताउँछिन् । प्रहरीले तत्कालै आरोपीलाई गिरफ्तार गरी पीडितलाई उपचारका लागि बर्दिवास अस्पताल पुर्‍याएको थियो । स्वास्थ्य परिक्षण र आरोपी गिरफ्तार भइसकेकाले घटनाको थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामप्रसाद श्रेष्ठले वताए ।

0 Comments

Related Reports
Related Trend Analysis