Incident Reports

उपचारका लागि अस्पताल गएकी युवतीमाथि अहेबले यौन दुर्व्यवहार गरेकाे अाराेप

2018-03-26

Bagmati, Ramechhap, Sunapati

स्वास्थ्य जाँच गर्न रामेछापको गुन्सी स्वास्थ्य चौकीमा पुगेकी एक किशोरीमाथि अहेबले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गएको चैत्र १२ गते एसईई परीक्षा दिन गुन्सी परिक्षा केन्द्रमा गएकी वेथानकी ती किशोरी बिरामी भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी थिइन् । तर, उपचारका लागि अस्पताल पुगेकी ती किशोरीलाई अस्पतालका अहेबले जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका छन् । टाउँको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने भएपछि उपचारको लागि स्वास्थ्य चौकीमा पुगेकी सुनापती गाउँपालिका बेथानकी १७ वर्षीय एक युवतीलाई उक्त स्वास्थ्य चौकीमा कार्यरत ३६ वर्षीय अहेब राकेश दाशले यौन दुर्व्यवहार गरेको आरोमा पीडितले प्रहरीका उजुरी दर्ता गरेका हुन् । पीडितको जाहेरी दर्तापछि अहेब राकेश दाशलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Totally damaged Vehicles 00
National/Online Media

0 Comments