Incident Reports

एमालेले माओवादीका अध्यक्षलाइ पिटे

2018-02-24

Karnali, Jajarkot, Junichande

जुनीचादे गाउँपालिका अध्यक्ष कृष्ण केसीलाई स्थानीय एमाले कार्यकर्ताले हातपात गरेका छन्। नेकपा एमाले जुनिचादे गाउँपालिका-४ का अध्यक्ष वीरबहादुर खड्काले केसीलाई हातपात गरेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। कुनैपनि योजनाको निर्माण समितिमा जिम्मेवारी नदिएको भन्दै शनिबार राति घरमै बसिरहेको बेला एक्कासी आएर आफूलाई खड्काले गालि गर्दै हातपात गरेको अध्यक्ष केसीले बताए। खड्का बिरुद्द ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउने समेत केसीले बताए। इलाका प्रहरी कार्यालय गर्खाकोटमा कुरा मिल्न नसकेपछि खड्कालाई जिल्ला सदरमुकाम झिकाइएको जिल्ला प्रहरी प्रमुख भावेश रिमालको भनाइ छ। 'दुवै पक्षलाई सदरमुकाममै झिकाएको छौं। दुवैको बयान सुनेपछि कस्तो कारवाही गर्ने भन्ने टुंगोमा पुगिनेछ', रिमालले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Local Newspaper - Surkhet

0 Comments