Incident Reports

बच्चा नजन्माएको भन्दै आगो लगाएर युवतीको हत्या गर्ने प्रयास

2018-03-27

Madhes, Parsa, Dhobini, Ward 7

पर्साको ग्रामिण भेगमा एक मिहिलालाई आफ्नै श्रीमान् र सासु ससुराले जलाएर ज्यान मार्ने प्रयास गरेको घटना १० दिनपछि बाहिर आएको छ । पर्साको छिपहरमाई गाउँपालिका-७ तुलसिबर्वा निबासी सबीर मिया धोबीकी श्रीमती १८ वर्षीया रविना खातुनलाई गत चैत १३ गते उनकै श्रीमान् र सासु ससुराले शरीरमा आगो लगाई हत्या गर्ने प्रयास गरेको घटना बिहिबार मात्र बाहिर आएको हो । भारत माइती भएकी रविनासँग रहेको सुनको गरगहना खोसेर घरबाट निकाल्न खोज्दा उनले प्रतिवाद गरेपछि उनका श्रीमान् सावीर मिया धोवी, ससुरा फरजन र सासु सोभाले रविनाको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको पीडित रविनाले बताइन् । श्रीमान्, सासु र ससुराल आगो लगाई मार्ने प्रयास गरेको भनी रविनाले प्रहरीलाई जानकारी दिएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए । घटना चैत १३ गतेकै भएपनि पीडित रविना बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको सम्र्पकमा आएपछि घटना बारे जानकारी भएको प्रहरी नायब उपरीक्षक लिम्बुले बताए । शरीर आगो लगाए पनि बच्नसफल भएकी रविना आगोले पोलेर अवस्थामा उनलाइ श्रीमान, सासु र ससुराले १० दिनसम्म घरमै थुनेर राखेका थिए । बिहीबार घरबाट भाग्न सफल भएकी रविना प्रहरीको सम्र्पकमा आएपछि उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक लिम्बुले जानकारी दिए । रविनाको कम्मर र दाहिने खुट्टामा आगोले जलेर घाउ भएको छ । रविनाले दिएको उजुरीका आधारमा उनका श्रीमान् , सासु र ससुरालाई जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार हाजिर गराउन मातहतका प्रहरी चौकीलाई निर्देशन दिइएको प्रहरी जनाएको छ । भारतको दिल्लीमा रोजगारी गर्दै आएका रविनाका श्रीमान् साविरले दिल्लीमै अर्कोे विहे गरेको र उनी बाट एक छोरासमेत जन्मिएको भनी पीडित रविनाले बताएको प्रहरी नायव उपरीक्षक लिम्बुले जानकारी दिए । विहे भएको तीन वर्षमा पनि रविनाले बच्चा जन्माउन नसकेको भन्दै उनका श्रीमान् साविरले अर्को विहे गरेको र आफूलाई आगो लगाएर मार्ने प्रयास गरेको बयान रविनाले दिएको प्रहरीले जानएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments