Incident Reports

बहुविवाह गर्ने पतिविरूद्ध प्रहरीमा उजुरी l

2013-08-22

Narendra Singh Karki खार गाविस-८ की २२ वर्षीया अनिता ठगुन्नाले पति २४ वर्षीय इन्द्रसिह ठगुन्नाले बहुविवाह गरेको भन्दै भदौ ६ गते जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गरेकी छन् । अनिताले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन अदालतमा दर्ता भएको प्रहरीले जनाएको छ । दार्चुला बहुमुखी क्याम्पस खलंगामा विएड तृतीय वर्षमा अध्ययनरत इन्द्रसिंहले असार महिनामा धाप गाविस-२ बाट १९ वर्षीया दुर्गा बोहरालाई कान्छी पत्नीको रुपमा भित्र्याएकी थिए । पतिले दोस्रो विवाह गरी घरै आउन छोडेको भन्दै निवेदन दिएको पीडितले बताइन् । पीडित महिलाले दिएको निवेदन अनुसार बहुविवाह गर्ने आरोपित ठगुन्ना विरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी टीकाबहादुर केसीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis