Incident Reports

No translation available.

2013-08-23

Madhes, Siraha, Bishnupur

Shiva Prasad Dhungana विद्यार्थी बलात्कार गरेको आरोपमा अर्नामा गाविस-२ सिराहा घर भइ माम्खा गाविसको माम्खा उच्च मावि माम्खामा कार्यरत ३३ वर्षीय शिक्षक देवेन्द्रकुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले भदौ ९ गते जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ । यादवले भदौ ८ गते माम्खा उच्च माविमा कक्षा सातमा अध्ययरत एक बालिकालाई आफ्नै कोठामा बोलाइ बलात्कार गरेको पीडित परिवारको जाहेरीका आधारमा आरोपितलाई मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले जानकारी दिए । पीडित बालिकाको जिल्ला अस्पताल रुम्जाटार स्वास्थ्य परीक्षण गरिएको छ । बालिकाको अस्पतालमा उपचार भइरहेको रेग्मीले बताए । स्वास्थ्य परीक्षणबाट बालिका बलात्कृत भएको खुलेको पनि रेग्मीले जानकारी दिए । विद्यार्थी बलात्कार गरेको उजुरी आएपछि आरोपितलाई रुम्जाटार विमान सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले भदौ ८ गते साँझ गिरफ्तार गरेको थियो । त्यसैगरी दुई जना बालिकालाई मुख मैथुन गराउने पोकली गाविस-८ का १८ वर्षीय लिलाबहादुर खत्री विरुद्ध भदौ ९ गते नै आशय करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis