Incident Reports

नवजात शिशु बेवारिस फ्याँकेको आरोपमा दुई जना गिरफ्तार [Updated]

2018-04-05

Province 1, Ilam, Fakphokthum, Ward 7

बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ की २३ वर्षीय मिना देवानविरूद्ध जिल्ला अदालतले असोज १४ गते जन्म कैदको सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मिनाविरूद्ध मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद सुनाएको अदालतका श्रेस्तेदार निरज पोख्रेलले जानकारी दिए । ०७४ चैत २२ गते बेलुका ९ बजेतिर नवजात शिशु जन्माएर बारीमा फ्याँकेको र शिशु रोएको आवाज सुनेपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए । चैत २३ गते मिनालाई प्रहरीले गिरफ्तार गरेको थियो । मिनाका पति वैदेशिक रोजगारीमा रहेको र अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि मिनाले बच्चा मारेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments