Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-03-15

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जुम्ला जिल्ला तिला गाउँपालिका-९ का जडिबुटी व्यवसायी २५ वर्षीय विर्खबहादुर थापालाई प्रहरीले चैत २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा चैत २२ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धनका लागि चैत २५ गते कुशे गाउँपालिकाको ढिमेबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २२ गते जिल्ला अस्पताल जाजरकोटमा गरिएको छ । पीडित पक्षले घटनापछि तत्काल पाँचकटिया प्रहरी कार्यालयमा निवेदन दिएकोमा उक्त कार्यालयबाट सुनुवाइ नगरेको र ढिलासुस्ती गरेपछि पीडित पक्ष जिल्ला प्रहरी कार्यालय खलङ्गामा पुगेर उजुरी दिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments