Incident Reports

प्रहरीद्वारा नौ थान हतियार बरामद

2018-03-01

Karnali, Jajarkot, Junichande, Ward 11

जाजरकोटको जुनिचाँदे गाउँपालिका-११ कोतांगमा प्रहरीले नौ थान बन्दुक र ३१ राउण्ड गोलि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार बिहिबार जुनिचाँदे गाउँपालिका-११ कोतांग निवासी चन्द्र बहादुर शाही र उनका छोरा नेत्र बहादुर शाहीको घरमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान,भरुवा बन्दुक दुई नाले एक थान,बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो-ठुलो गरी तीन थान तथा गोलि बरामद गरिएको हो। प्रहरीले हतियारसंगै ३१ राउण्ड गोलि र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ। प्रहरीका अनुसार आठ थान डेटोनेटर,पटकामा प्रयोग गरिने केप १५ बट्टा,दुई केजी बारूद र जंगली जनावरको छाला तीन थान,सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ। शाही बाबुछोरा दुवैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजाना अन्तर्गत मुद्धा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए।
Local Newspaper - Chitwan

0 Comments

Related Reports
Related Trend Analysis