Incident Reports

सशस्त्र प्रहरी र तस्करबीच झडप

2018-04-11

Madhes, Rautahat, Maulapur

कचोर्बा नाका हुँदै चारवटा मोटरसाइकलमा तस्करीको सामान बोकेर रौतहट छिरेको तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ। शस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिकास्थित सोनरनिया र शीतलपुर बैरगनियाको बीचबाट बुधबार बिहान एकजना भारतीय नागरिकसहित तस्करीका लागि प्रयोग गरिएका चारवटा मोटरसाइकल र चार पोका अवैध कपडा बरामद गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक विकासकुमार छन्। तस्करीको सामानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करले आक्रमण गरेपछि सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको थियो। हवाई फायरपछि तरस्करहरू मोटरसाइकल र कपडा छाडेर भागेका थिए। सोही क्रममा तस्करका रूपमा पहिचान गरिएका विकासकुमार पक्राउ परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation APF
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports