Incident Reports

हत्याका आरोपी पुर्पक्षका लागि थुनामा l

2013-08-26

Narayan Parajuli ठूलोखैरेटवा गाविस-६ निवासी ४५ वर्षीय मुन्नादेवी यादवको हत्यामा संलग्न रहेका आरोपित पीडितका जेठाजु ५० वर्षीय चनमन यादव, उनका छोरी ज्वाई भारत निवासी ३२ वर्षीय सुरेन्द्र यादव, सोही ठाउँका २४ वर्षीय कमलेश गुप्ता र सुग्रिम गुप्ता भदौ १० गते जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा गएका छन् । आरोपितहरूले ०७० साउन ६ गते पीडितको घर नजिकै उँखु बारीमा लगी धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए । पीडितका आफन्तले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकोमा साउन १४ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानपछि आज जिल्ला अदालत पेश गरेकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा गएका हुन् ।

0 Comments

Related Reports
Related Trend Analysis