Incident Reports

वडा कार्यालयका सामान विप्लवको कब्जामा

2018-04-12

Gandaki, Nawalparasi West, Hupsekot, Ward 3

३ को कार्यालयमा रहेका कम्प्यूटर, लेमिनेशन, फोटोकपी, प्रिन्टर र अन्य कागजपत्र बुधबार राती कब्जामा लिएको हो । परिषद्को नाउँबाट नवलपरासीका दुवै जिल्लामा रहेका स्थानीय तहका प्रमुखलाई राजीनामा दिन पत्रचार गरेर उर्दी जारी गरिएको छ ।जनपरिषद्ले जनताको सुविधाका नाउँमा गठन गरिएको स्थानीय तहलाई महंगो व्यापारको संज्ञा दिदैं त्यसले भ्रष्टचार मात्र निम्ताउने दाबी गरेको छ । जनसत्तालाई सहयोग गरेर राजीनामा दिन प्रमुखलाई पठाएको पत्रमा उर्दी जारी गरिएको छ । हप्ता दिनअघि पूर्वी जिल्लाको नवलपुर क्षेत्रमा पत्र पठाएर राजीनामा गर्न उर्दी जारी गरेका विप्लव कार्यकर्ताले सोमबारबाट पश्चिम जिल्लाका प्रमुखलाई राजीनामा गर्न पत्र पठाएका छन् । पूर्वी जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । भने पश्चिम जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । पूर्वी नवलपरासीमा जनपरिषद्का प्रमुख कुमार ‘सी’ र पश्चिम जिल्लामा करणको नाउँबाट हस्क्षार गरी धम्किपूर्ण राजीनामा पत्र पठाइएको छ । नेकपाका जिल्ला इन्चार्ज पदमबहादुर केसी ‘जुझारु’ ले आफ्नो जनसत्ताले पठाएको अनुरोधलाई बेवास्ता गरेकाले सांकेतिक रुपमा सामान कब्जामा लिएको बताए । उनले सांकेतिक चेतावनीलाई बेवास्ता गरेकामा प्रमुखमाथि अन्य कारवाही गर्ने चेतावनी समेत दिए । पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपेन्द्र जीसीले गाउँपालिकाको सामान लिएर जाने समूहको खोजी कार्य भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments