Incident Reports

अज्ञात समूहद्वारा गुर्भाकोट नगरपालिका- ४ को वडा कार्यालयमा आगजनी

2018-04-13

Karnali, Surkhet, Gurbhakot, Ward 9

गुर्भाकोट नपा-४ स्थित वडा कार्यालय रहेको भवनमा चैत ३० गते बिहान अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले बिहान करिब २ बजे वडाध्यक्ष प्रशन्नकुमार शाहको कार्यकक्षमा आगजनी गरेको वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडाध्यक्ष शाहको कार्यकक्षमा रहेका फोटोकपी मेसिन, एलसिडी कम्प्युटर, इन्भटर र अन्य कागजपत्र जलेर नष्ट भएको वडाध्यक्ष शाहले बताए । तीन कोठामा कार्यालय रहेको एकतले भवनका अन्य कोठामा भने आगजनीबाट कुनै क्षति भएको छैन । घटनास्थलमा चैत ३० गते बिहान पुग्दा कागजपत्रमा आगो लागिरहेको गुर्भाकोट नपा-९ का वडाध्यक्ष शशिराम भट्टराईले बताए । प्रहरी चौकी साहारेका प्रमुख कमलकुमार रोकाले आगजनी गर्ने समूहको खोजी भइरहेको जनाउँदै आगजनी कसले गरेको हो भन्ने विषयमा एकीन नभएको जानकारी दिए । सङ्घीय, प्रदेश तथा स्थानीय सरकार गठन भएयता जिल्लाको सरकारी कार्यालयमा आगजनी गरिएको यो पहिलो घटना हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments