Incident Reports

बसपार्कको होटलमा घाँटी थिचेर युवती मार्ने पक्राउ

2018-04-15

Bagmati, Kathmandu, Tokha

RSS राजधानीको नयाँ बपसपार्क स्थित न्यु भुमेश्वरी गेष्ट हाउसमा सँगै बस्न गएकी युवतीलाई घाँटी थिचेर मार्ने सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् । टोखा नगरपालिका–९ मिलन टोल स्थित उक्त गेष्ट हाउसमा चैत २२ गते बाईस बर्षिय एक युवतीले शव फेला परेपछी प्रहरीले घट्नाको अनुसन्धान शुरु गरेको थियो । युवतीको घाँटी थिचेर मारेपछी नेपाल भारत सिमानामा लुकीछिपी बस्दै आएका शर्मालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिएको बताईएको छ । सल्यानको शारदा गाउँपालिका–१ सितलपाटी स्थायी घर भएका शर्माले गेष्ट हाउसमा २०३ नम्बर कोठामा युवतीको हत्या गरेका थिए । मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा युवतीको शव फेला परेपछी अनुसन्धानका क्रममा उनले होटलको आगन्तुक पुस्तिकामा भने आफ्नो नाम ढाँटेर लेखेको पाईएको छ । शर्माले होटलको आगन्तुक पुस्तिकामा दाङको घोराही नगरपालिका–१ स्थायी ठेगान भएका विकास ओली भन्दै झुटो नामथर टिपाएका थिए । भोलिपल्ट विहान गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports