Incident Reports

यौन दुर्व्यहार पीडित महिलाको उद्धार, पाँच जना गिरफ्तार l

2013-08-27

Dipen Neupane एक यौन दुर्व्यवहारपीडित युवतीलाई प्रहरीले भदौ ७ गते राति विराटनगर उमनपा-१४ स्थित होटल मुनबाट उद्धार गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जना व्यक्तिलाई भदौ ७ गते विराटनगरबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक पोखरेलका अनुसार गिरफ्तार हुनेहरुमा विराटनगर भूमि प्रशासन चोकस्थित होटल मुनका विजय प्रसाई, भारत बिहारका अखिलेश्वर यादव, गुड्डु कुमार, फारविसगञ्जका पप्पुकुमार साह र औरङ्वादका मृत्युञ्जय सिंह रहेका छन् । उनीहरुलाई सार्वजनिक अपराध एनअर्न्तर्गत कारबाही चलाइएको छ । आरोपितहरुले पीडितसँग जबर्जस्ती यौनकार्य गर्ने प्रयासका क्रममा पीडितले प्रतिकार गरेकी थिइन् । प्रतिकारका क्रममा होटलको सिसा फुटेर पीडितको हातमा चोट लागेको छ । उनले आफू खराब चरित्रकी केटी नभएको र आफूलाई झुक्याएर होटलमा ल्याइएको प्रहरीसमक्ष बताएकी छन् । पीडितसँग अन्य दुई जना यौनकर्मी युवती पनि होटलमा ल्याइएका थिए । प्रहरीले होटलमा छापा मार्नुअगावै उनीहरु त्यहाँबाट भागेका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis