Incident Reports

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-04-13

Gandaki, Gorkha, Palungtar, Ward 8

बहुविवाह गरेको आरोपमा पालुङटार नगरपालिका-८ धुँवाकोटका २५ वर्षीय अशोक बिक विरुद्घ २४ वर्षीया विष्णुकुमारी बिकले चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । गत माघ १८ गते आफू घरमा हुँदाहुँदै धादिङ जिल्ला भोटेखोलाबाट ३५ वर्षीया सीता बिकसँग विवाह गरेको आरोपमा न्यायका लागि उजुरी दिएको पीडित महिलाले बताइन् । मौखिक उजुरीकै आधारमा आरोपित अशोकलाई प्रहरीले चैत २९ गते गिरफ्तार गरेको छ ।

0 Comments