Incident Reports

काठमाडौंको सडकमै युवतीमाथि बलात्कार प्रयास, प्रतिरोध गर्दा ढुंगाले हानेर हत्या

2018-04-16

Bagmati, Kathmandu, Tokha

काठमाडौंको बसुन्धारास्थित भित्री सडकमा युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा एक युवतीको ज्यान गएको छ । टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा गत राती साँढे ९ बजे टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । ‘युवतीमाथि बलात्कार प्रयास भएको देखिन्छ’ एसएसपी पोखरेलले भने, ‘युवतीको नाम ठेगाना पहिचान हुन सकेको छैन, अनुसन्धान भइरहेको छ ।’ गत राती साँढे ९ बजे स्थानियले खबर गरेपछी प्रहरी घट्नास्थल पुगेको थियो । टाउकोबाट रगतको भल नै बगेको अवस्थामा प्रहरीले युवतीलाई फेला पारेको थियो । युवतीको शरीरको तल्लो भागको कपडा घुँडासम्म खोलिएको अवस्थामा फेला परेको हुनाले उनीमाथि बलात्कार प्रयास भएको हुनसक्ने बताइएको छ । बलात्कार प्रयास प्रतिरोध गर्दा ढुंगा प्रहार गर्ने युवाको पहिचान नजिक पुगेको एसएसपी पोखरेलले बताएका छन् । मृतक युवतीको शव पोष्टमार्टमा लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments