Incident Reports

नेकपा कार्यकर्ताको धम्की पछि तीनदिन देखि वडा कार्यालय बन्द

2018-04-12

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 9

पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा अध्यक्ष माथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएपछि तीन दिनदेखि वडा कार्यालय बन्द भएका छन् । गत चैत २९ गते राति नेकपाका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झण्डा गाडेर विज्ञप्ति प्रकाशन गर्दै कार्यालय नखोल्ने उल्लेख गरेको वडा नम्बर ८ का अध्यक्ष छत्र न्यौपानेले बताए । अहिलेको लडाइ दलाल सरकारको विरूद्व भएको र दलाल सरकारका सम्पूर्ण काम काज ठप्प पार्ने नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेकपाका कार्यकताले विभिन्न नम्बरबाट फोन गर्दै कार्यालय खोले कडा कारबाही गर्ने धम्कीसमेत दिएको वडा अध्यक्ष न्यौपाने बताए । अहिले उत्पन्न भएको समस्याका बारेमा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमा खबर गरिसकिएको पाँचखपन नगरपालिकाका मेयर विपिन राईले बताए । उनले भने-‘आइतबार नै कार्यपालिकाको बैठक बसेपनि ठप्प भएको कामकाजको कसरी समाधान गर्ने भन्ने विषयमा कुनै ठोस निकास आउन सकेको छैन ।’ कार्यालय अनिश्चितकालका लागि बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । यस घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर बेदप्रसाद गौतमले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments