Incident Reports

खेतमा भेटियो महिलाको शव, घटना शंकास्पद भन्दै प्रहरीले थाल्यो अनुसन्धान

2018-04-16

Madhes, Rautahat, Katahariya

गएराति एक महिलाको शंकास्पद मृत्युु भएको छ। कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ वर्षीया सीमादेवीको शव घरभन्दा करिब २ सय मिटर उत्तरतर्फको खेतमा आज भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्युुको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए। थप अनुसन्धान तथा सोधपुुछका लागि सीमाकी सासू रम्भादेवीलाई नियन्त्रणमा लिइएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ। मुुकेश ४ महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको पीडित परिवारले जनाएको छ। सीमाका घरमा सासू र एक दृष्टिविहीन ससुुरा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले शव परीक्षणको प्रतिवेदन नआएसम्म केही बताउन नसकिने बताए। सीमाको तीन वर्षअघि बिहे भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat , Local Newspaper - Bara

0 Comments