Incident Reports

कपालले घाँटी कसी हत्या

2018-04-16

Lumbini, Rupandehi, Omsatiya, Ward 6

रूपन्देहीको ओमसतिया गाउँपालिका ६ वृन्दावनकी १५ वर्षिया किशोरी सरस्वती हरिजनको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी मृतक हरिजनको हत्याको मुख्य आरोपी ओमसतिया ६ शिवलवाहाका १८ बर्से प्रेमसागर केवटलाई सार्वनिक गरेको हो । वैशाख ३ गते राति शौच गर्न जान्छु भन्दै घरबाट निस्किएकी हरिजन घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरी खोजी गर्दा उनको शव घरभन्दा डेढ किलोमिटर टाढा खेतमा फेला परेको थियो । घटनाको अनुसन्धान गरिरहेको रूपन्देही प्रहरीले हरिजनको हत्या एकैछिनको आवेगले गर्दा भएको बताएको छ । मृतक हरिजन र हत्याका आरोपी केवटबीचको प्रेम सम्बन्धले मूर्तरूप पाउने नदेखिएपछि हरिजन र केवटबीच खटपट हुँदा हत्याको अवस्थामा पुगेको रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । उनका अनुसार चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच विवाह गर्ने अवस्था नभएपछि हत्याको अवस्थामा पुगेको अनुसन्धानबाट खुल्न आएको छ । राति घरबाट निस्किएपछि उनीहरू रातभर खेतमै बिताएको, शारीरिक सम्बन्ध राखेको र बिहानीपख मृतक हरिजनले केवटलाई विवाह गर्ने भए गर, होइन भने मलाई मार भनेपछि केवटले आवेगमा आएर हरिजनकै कपालले घाँटी कसी छाडेर भागेको अनुसन्धानबाट खुलेको एसपी ज्ञवालीले बताए । सानै उमेरमा प्रेम सम्बन्धमा पर्नु, सामाजिक सञ्जालको दुरुपयोग गर्नु तथा सामान्य कुरा पनि सहन नसकेकाले समाजमा यस्ता खालका घटनाले स्थान पाएको प्रहरीको बुझाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Banke

0 Comments

Related Reports