Incident Reports

दाइजोको कारण विहे भाँडिएपछि युवतीद्वारा आत्महत्या, केटाको बाबु पक्राउ

2018-04-20

Madhes, Parsa, Birgunj, Ward 23

गणेश रेग्मीले बताए । प्रहरीले दाइजोका लागि दबाव दिने जयनारायणलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरेको छ । कुनै दबाव वा प्रभावका कारण आत्माहत्या गरेमा त्यस्तो कारकलाई पक्राउ गरी कारबाही गर्न सक्ने व्यवस्था छैन । तर, दाइजोको मोलमोलाई भएका कारण सामाजिक व्यवहार सुधार ऐन आकषिर्त हुने देखिएको छ । उनले भने ‘दाइजोकै विषयलाई लिएर किशोरी तनावमा आई आत्महत्या गरेको देखिन्छ । त्यसैले आत्महत्या गर्न बाध्य पार्नेलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छौं ।’ जयनारायणलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सामाजिक व्यवहार (सुधार) ऐन-२०३३ अन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari , Local Newspaper - Bara

0 Comments

Related Reports
Related Trend Analysis