Incident Reports

बालिका बलात्कारका आरोपित शरणार्थी गिरफ्तारl

2013-08-27

Deepen Neupane भुटानी शरणार्थी शिविरका १५ र १४ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना शरणार्थी युवालाई भदौ ११ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख राजन कार्कीका अनुसार, गिरफ्तार हुनेमा शनिश्चरे गाविस-१ स्थित भुटानी शरणार्थी शिविरका २५ वर्षीय कुमार राई र २४ वर्षीय रविन राई रहेका छन् । उनीहरूलाई सुनसरी जिल्लाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडितहरू पथरी गाविस-१ स्थित बजारमा मेला हेर्ने क्रममा साउन १५ गते आरोपितहरूले ललाइफकाई शरणार्थी शिविरमा लगेर बलात्कार गरेका थिए । पीडितद्वयको साउन २० गते उर्लाबारी गाविस-६ मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण भएको थियो । पीडित पक्षले साउन २० गते नै उजुरी दिएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis