Incident Reports

Attempt to murder demanding more dowry, victim files case

2018-04-16

Madhes, Dhanusha, Dhanusadham, Ward 7

There was an attempted murder on 18-year-old Koshila Mandal, demanding an extra sum of the dowry of NRs. 1,00,000. Her mother-in-law Kamal Devi Mandal, 40-year-old Kisun Devi Mandal, 45-year-old Dinesh Mandal, 17-year-old Manita Mandal, 15-year-old Sharmila Mandal assaulted Khoshila on April 16 at 11 PM. She filed a case against her family on April 20. She married Prem one and half year back, whereby she brought home a motorcycle, 2 tolas of gold, almirah, gas cylinder and some utensils as dowry. In spite of bringing dowry worth NRs. 10,00,000, the family demanded of 1,00,000 more. Police are investigating further about the case. धनुषाधाम नपा-७ धारापानी घर भएकी १८ वर्षीया कोशिला मण्डललाई थप १ लाख रुपियाँ दाइजो नल्याएको भन्दै सासु ४५ वर्षीया कमल देवी मण्डल, ४० वर्षीया काकी सासु किसुन देवी मण्डल, ४५ वर्षीय काका ससुरा दिनेश मण्डल, नन्द १७ वर्षीया मनिता मण्डल र १५ वर्षीया शर्मिला मण्डल समेतले मिलि वैशाख ३ गते राती ११ बजेको समयमा कुटपिट गरि घाटी थिचि ज्यान मार्ने प्रयास गरेको भन्दै पीडितले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय महिला सेलमा उजुरी दिएकी छन् । डेढ वर्षपहिले प्रेमलाई समाजिक विवाहमा रुपन्तर गरी एक वटा मोटरसाइक, दुई तोला सुन, ४ लाख ५० हजार रुपियाँ नगद, ९० हजारको फर्निचर, दराज, ग्याँस चुल्हा, ग्याँस सिलिन्डर र भाँडाकुँडासहित दाइजो दिई छोरीको विवाह गाउँको मनिष मण्डलसँग गरिएको पीडितको आमा लिलमाया देवीले बताइन् । करिव १० लाख रुपियाँ बरावरको दाइजो दिएपनि ज्वाँइले पटक पटक थप १ लाख रुपियाँको लागि दबाव दिँदै आएको उनले बताइन् । छोरी कोशिलाले मनिषसँग विवाह गर्न नमानेपछि मेरो खुट्टा समातेर रोएका कारण माया लागेर आफ्नो नाता कुटुम्वको पनि कुरा नसुनी विवाह गरी दिएको तर छोरीले आज दुःख पाएको लिलमायाले दुःखेसो पोखिन् । जिल्ला प्रहरी कार्यालय महिलामा उजुरी दिन आएकी लिलमायाले भनिन्-अब छोरीको जीवन कसरी चल्छ ? । घटना भएको पाँच दिन पहिले सासु ससुराले कुटपिट गरेकाले भागेर माइती पुगेकी कोशिलालाई मलेसिया रोजगारीमा रहेका पति मनिष मण्डलले माइती पक्षसँग माफी मागी वैशाख ३ गते घर फर्काएका थिए । सोही राती योजनाबद्ध रुपमा घर परिवार मिली हत्या गर्ने प्रयास गरेको पीडित पक्षको आरोप छ । दिदीलाई ससुराली पुर्‍याउन गएका सानो भाइले कुटपिट गरिरहेको देखेर आफ्नो घरमा फोन गरी दाजु रामकुमार मण्डललाई बोलाएका थिए । बहिनीलाई कुटपिट गरिरहेको देखेर तत्तकाल ईलाका प्रहरी कार्यालय धारापानीमा फोन गरी प्रहरी बोलाएको रामकुमारले बताए । प्रहरीले कोशिलालाई उद्दार गरी स्थानीय ग्राण्डी हेल्थ केयर सेन्टर प्रालिमा उपचार गराएको छ । यता बहिनीको घरमा किन आएको र प्रहरीलाई किन बोलाएको भन्दै मलेशियामा रहेका पति मनिषले आफु दुई चार दिन भित्र केही दिनको बिदा लिएर नेपाल आउँदैछु, तिम्रो दाजु रामकुमारलाई ज्यान मारि दिने धम्की दिएको पीडित कोशिलाले बताइन् । जिल्ला प्रहरी कार्यालय महिला सेलमा उजुरी परेपछि घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको महिला सेलले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments