Incident Reports

खुकुरी प्रहरबाट २ जना बिद्यार्थी घाइते

2018-04-23

Province 1, Sunsari, Dharan, Ward 15

धरान उपमहानगरपालिका–१५ स्थित बिशाल चोकमा सोही ठाउँस्थित साङपाङ चोक डेरा गरी बस्ने बाग्लुङका २१ वर्षीय सुजन खड्का र काभ्रे धुलीखेल–१२ का २१ वर्षीय प्रदिप सापकोटालाई बाटोमा हिँडिरहेको अवस्थामा छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तेह्रथुम आठराई गाउँपालिका–१ बस्ने ३४ वर्षीय कुमार लिम्बु, सोही गाउँपालिका–४ बस्ने १५ वर्षीय बिज्ञान लिम्बु र धरान–१५ बस्ने १८ वर्षीय कुम्भे भन्ने दिपल राई रहेका छन् । कुमार र बिज्ञानलाई तत्काल र घटनापछि फरार रहेका दिपललाई खोजी गर्ने क्रममा सोही ठाउँस्थित बाझोगरा सामुदायिक बनको कार्यालय पछाडि लुकिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media , Police website

0 Comments

Related Reports