Incident Reports

सेवाग्राहीसँग कमिसन लिने क्रममा सहायक प्रबन्धक काफ्ले पक्राउ

2018-04-24

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् । सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा १० लाख ऋण स्विकृत गराइदिएबापत कमिसन लिने क्रममा कार्यकक्षबाटै काफ्ले पक्राउ परेका हुन् । १० लाखको पाँच प्रतिशतका दरले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख सुशीलसिंह राठौरले बताए । काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रठौंले बताए । उनले भने, 'हाम्रो नियन्त्रणमा छन् । अब काफ्लेलाई काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा पठाउने तयारी हुँदैछ ।'

0 Comments

Related Reports
Related Trend Analysis