Incident Reports

बझाङका जनप्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहको चेतावनी

2018-04-24

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले बझाङका दुई नगरपालिका र १० स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ । विप्लवले गठन गरेको जनपरिषदका नाममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाउँदै राजीनामादिन चेतावनी दिइएको हो । सेती महाकाली स्वयत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् बझाङका प्रमुख तेज बहादुर खड्का संग्रामको हस्ताक्षर भएको चेतावनी पत्रमा जनप्रतिनिधिहरु नागरिकको सेवामा भन्दा भ्रष्टाचारमा लिप्त भएकाले राजीनामा मागिएको उल्लेख छ । ‘जनप्रतिनिधिहरुले नागरिकको सेवामा काम भन्दा बढी भ्रष्टाचारमा लागेको प्रमाणका आधारमा पत्र पठाएका हौँ’ परिषद् प्रमुख खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments