Incident Reports

कुटपिट गर्ने देवर विरुद्ध उजुरी l

2013-08-29

Province 1, Morang, Katahari

Dipen Neupane कटहरी गाविस-४ की २७ वर्षीया सवाना खातुनलाई उनका देवर २२ वर्षीय मोहमद नबीले घरायसी विवादमा चिर्पटले टाउकोमा प्रहार गरी घाइते बनाएको भन्दै पीडितले भदौ १३ गते प्रहरीमा उजुरी दिएकी छन् । पीडितको कोसी अञ्चल अस्पतालमा उपचार भएको थियो । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख जमुना बस्नेतका अनुसार, आरोपितले मादक पदार्थ सेवन गरेर भदौ ११ गते कुटपिट गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । यसअघि पनि आरोपितले कुटपिट गर्ने गरेको उजुरीमा जनाइएको छ । पीडितले जिल्ला प्रशासन कार्यालयमा पनि भदौ १२ गते शान्तिसुरक्षा पाउँ भनी उजुरी दिएकी थिइन् । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा कारबाही गर्न पत्राचार गरेको थियो । आरोपितलाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालयले भदौ १३ गते हाटखोला प्रहरी कार्यालय विराटनगरलाई पत्राचार गरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis