Incident Reports

दाजुले बन्दुक चलाउँदा भाइको मृत्यु

2018-03-16

Province 1, Terhathum, Aathrai, Ward 3

ताप्लेजुंगको अठराई-त्रिवेणी गाउँपालिका३ हाङपाङमा दाजुले चलाएको भरुवा बन्दुक लगेर भाइको मृत्यु भएको छ । स्थानीय बालेश्वर आंगबोहांग लिम्बुका छोरा २७ वर्षीय सुवास आङबोहांग लिम्बु र २२ वर्षीय दिवस आंगबोहांग लिम्बू बिहिबार बेलुका सोही ठाउँको सिमलबोटे जंगलमा शिकार खेल्न गएका थिए। सोहि क्रममा दाजु सुवासले चलेको भरुवा बन्दुक भइ दिवसलाई लागेको थियो ।भरुवा बन्दुकले लगेर दिवसको घटनास्थलमै मृत्यु भएको हो ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले दाजु सहित अन्य दुई जनालाई १ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
Local Newspaper - Jhapa

0 Comments

Related Reports
Related Trend Analysis