Incident Reports

हातहतियार सहित एक मानिस पक्राउ

2018-04-19

Bagmati, Makawanpur, Hetauda, Ward 6

मकवानपुर प्रहरीले अवैध हातहतियार सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने अनिल भनिने जोकर मोक्तानलाइ पक्राउ गरेको छ। बिहिबार बिहान करिब ६ बजेतिर नियमित जांच गर्ने क्रममा म्याजिक भ्यानमा सवार रहेला मोक्तान प्रहरी देखेर भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीसंगै म्याजिक भयनमा सवार रहेका ३ जनाको भने खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका एसीपी विकासराज खनालले जानकारी दिए। मोक्तानबाट प्रहरीले ३ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने गोली ११ थान, ३०३ राइफलको गोली १ थान र नेपाल प्रहरीको पोशाक बरामद गरेको छ।
Local Newspaper - Makwanpur , Local Newspaper - Chitwan

0 Comments

Related Reports
Related Trend Analysis